एनपी साउद परराष्ट्रमन्त्री बन्ने, शपथ भोलि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले भोलि शपथ लिने तय भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन ।

स्रोतका अनुसार उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्नेछन् । उनको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस