शुक्रवारका लागि संवैधानिक परिषद्को बैठक आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ५, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ५,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवारका लागि संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ ।

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहँदा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको हो । यही वैशाख ८ गते शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल हुनेछ ।

संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरूबीच हिजो भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लागेसँगै सर्वोच्च अदालत १५ महिनादेखि कायममुकायमको भरमा चल्दै आएको छ । अहिले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस