मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

बैशाख ५,काठमाडौँ । एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनायो ।

मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए । विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए ।

यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३र३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए । यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपालसँगै समूह ‘ए’मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

संम्बन्धित समचार

Leave a Reply