प्रधानमन्त्रीले गरे फास्ट ट्रयाकको अनुगमन

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०८० बैशाख ५, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख ५,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार काठमाडौं तराई मधेश द्रुत मार्ग फास्ट ट्र्याकको अनुगमन गरेका छन् । टोलीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात प्रकाश ज्वाला, मुख्य सचिव शंकरदास बैरागी, विभिन्न मन्त्रालयका सचिव र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी छन् ।

काठमाडौंबाट तराई मधेश जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा २०७४ सालमा तत्कालीन पुष्पकमल दहाल प्रचण्ड नेतृत्वकै सरकारले नेपाली सेनालाई दिएको थियो । तर, फास्ट ट्रयाक निर्माणको प्रगति ज्यादै न्यून छ । अहिलेसम्म द्रुतमार्गमा २२.४४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार अझै ११ मध्ये ४ वटा प्याकेजहरुमा ठेक्का लगाउन बाँकी छ । ८, ९, १० र ११ नम्बर प्याकेजको काम अघि बढाउन चालु आर्थिक वर्षको अन्त्यसम्म ठेक्का लगाइसक्ने उनले बताए ।

‘२०८१ को मंसिरसम्म आयोजनाको निर्माण सकिने लक्ष्यका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘तर, अझै ४ वटा प्याकेजमा ठेक्का लगाउन बाँकी छ ।’

राष्ट्रिय गौरवका आयोजनालाई सेनाले ‘आजको सुरुवात, भोलिको आधार: काठमाडौं–तराई मधेश द्रुतमार्ग’ भन्ने नाराकासाथ बनाइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस