नेपालमा थप १७१ जना सङ्क्रमित थपिए : दुई सङ्क्रमितको मृत्यु, आठ जना आइसीयूमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ५, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ५, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सोही समयमा २२ सय ९२ जनाको कोरोना परीक्षण गर्दा १७१ जना सङ्क्रमित थपिएका छन् भने ८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशभर ३९७ जना सक्रिय सङ्क्रमित भएका छन् जसमध्ये उपत्यकामा मात्रै २२ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये आठ जना आइसियू र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस