बारामा उपेन्द्र यादवको सम्बोधन–नागरिकता विधेयक अ‍ोलीले पारित हुन दिएनन्

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० बैशाख ७, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख ७,बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी जनतालाई नागरिकता नदिने भूमिका खेलेको आरोप लगाएका छन् ।

बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका थिए तर एमालेका अध्यक्ष ओलीको कारण त्यसलाई प्रमाणीकरण नगरेको दाबी गरे ।

भारतको सीमासम्म चार लेनको सडक बनाउन आवश्यक रहेको बताउँदै उनले कोरोनाका कारण छोटी भन्सार बन्द भएको र त्यसलाई सञ्चालन गर्न सरकारले सुरुवात गर्नुपर्ने बताए । उनले त्यहाँ उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छोटी भन्सार सञ्चालन गर्न आग्रह गरे ।

गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा पुर्याउन आफूले पहल गर्ने बताउँदै उनले यहाँको किसानलाई सिँचाइको व्यवस्था गर्नै पनि बताए । किसानको खेत खेतमा सिँचाई पुर्‍याउने तथा मल खाद उपलब्ध गराउन सरकारलाई उनले आग्रह गरे ।

घरविहिन नागरिकलाई सरकारको जनता अवाज योजनाअन्तर्गत अवासको व्यवस्था गर्नुपर्ने उनले बताए ।

यस्तै उनले बारामा गुणस्तर शिक्षा प्रणालीको विकास गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस