नेपालमा कोरोना संक्रमित ७८ जना थपिए : एक जनाको मृत्यु, सक्रिय संक्रमित कति ?

वैशाख ९, काठमाडौँ । शनिबार देशभर ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमार ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply