तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

वैशाख १०, तनहुँ । जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ७ वैशाखको मध्यराति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ ग प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै समितिले स्पष्टीकरण सोधेको हो ।

संम्बन्धित समचार

Leave a Reply