उपनिर्वाचनको मतदान समय सकियो, मतगणना आजैबाट सुरु गरिने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १०, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १०, काठमाण्डौँ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ रिक्त ३ सीटमा भएको उपनिर्वाचनको मतगणना आजै हुने भएको छ ।

बारा २, चितवन २ र तनहुँ १ मा आइतवार भएको मतदानको गणना आजै साँझदेखि शुरू गर्ने तयारी भएको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार बारा( २ मा साँझ साढे ७ बजेसम्ममा मतपेटिका संकलन गरिसक्ने तयारी छ ।
त्यसलगत्तै प्रक्रिया पूरा गरेर गणना शुरू हुनेछ ।

चितवन २ मा मतपेटिका संकलन गर्न राति साढे १० समेत बज्न सक्ने हुनाले त्यसपछि मतगणना शुरू हुने उनले बताए ।
तनहुँ १ मा भने देवघाटदेखिको मतपेटिका लैजान समय लाग्ने हुँदा राति १२ नै बज्न सक्ने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस