लुम्बिनीका मुख्यमन्त्री गिरीले आज पुनः विश्वासको मत लिँदै, सरकार ढल्ने निश्चित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ११, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख ११, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिँदै छन् । नेकपा माओवादी केन्द्र लगायतका दलले गत १२ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन् ।

सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ। सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो ।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्। एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस