फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० बैशाख १२, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १२,काठमाडौँ । काठमाण्डौ विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै इञ्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको जहाज स्थानीय समयअनुसार गएराति १२ बजेर ११ मिनेटमा अवतरण भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै ठूलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएका हुन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इञ्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेका बताए। फ्लाई दुबईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि विमानमा चरा ठोक्किएको अनुमान गरेको छ । ‘हिजो के भएको हो भन्ने बारे यकिन केही जानकारी आएको छैन, यस विषयमा आज फ्लाई दुबई छलफल हुन्छ’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस