प्रधानमन्त्री प्रचण्डले महावीर पुनलाई बालुवाटार बोलाए ! नवप्रवर्तनलाई उच्च प्रथामिकता दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १२, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् ।

भेटमा अध्यक्ष डा। पुनले ‘यात्री’ लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

डा. पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकोमा धन्यवाद दिँदै कानुन निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस