रोनाल्डोको हेड गोलमा युभेन्टसले जित्यो कीर्तिमानी उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ ३, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले हेड मार्फत गरेको गोलको सहयोगमा युभेन्टसले कीर्तिमानी आठौँपटक सुपरकोप्पाको इटालिएनाको उपाधि जितेको छ ।

साउदी अरेबियाको जेद्दामा भएको खेलमा रोनाल्डोले हेड मार्फत गरेको गोलको सहयोगमा युभेन्टसले एसी मिलानलाई १–० ले हराएको हो ।

युभेन्टसले सातपटकको विजेता एसी मिलानलाई हराउँदै सुपरकोप्पा इटालिएना सबैभन्दा धेरै पटक जित्ने कीर्तिमान बनाएको हो ।

यो कीर्तिमानका लागि रोनाल्डोको गोल निर्णायक बन्यो । यहि सिजन रियल मड्रिडबाट इटालियन क्लब आएका रोनाल्डोले अहिलेसम्म युभेन्टसका लागि १६ गोल गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस