आजको शेयर बजार : नेप्से १३.६८ अंकले घट्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० बैशाख १३, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १३, काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२.०० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.११ अङ्कले घटेर ३६३.६५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर खरिद बिक्री हुँदा ८४ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ । यसको आज ७ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै तारागाउँ होटल र एभरेष्ट बैंकको कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस