शेयरबजार घट्यो, कारोबारमा पनि गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० बैशाख १४, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १४,काठमाडौँ । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव २७ अङ्कले घटेर १ हजार ८ सय ८९ विन्दुमा झरेको छ ।

आज बैंकिङ र होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन २ सय ६९ वटा कम्पनीका २१ लाख ७४ हजार कित्ता शेयर ७३ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको ३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज एनआईबीएल ग्रोथ फन्डको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सिटिजन्स म्युचल फन्ड–२ को शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस