बढ्दो खर्चले वित्त व्यवस्थापन चुनौतीपूर्णः गभर्नर अधिकारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० बैशाख १५, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १५,काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका । बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजश्व संकलन गत वर्षको भन्दा घटेको बताए।

उनले राजश्व संकलनमा कमी आएसँगै बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए। उनले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताए। उनले पछिल्लो महिनामा मूल्यवृद्धि घट्दोक्रममा रहेको बताए।

गभर्नर अधिकारीले बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेको बताए। गभर्नर अधिकारीले १० बिलासी वस्तुको आयात रोके पनि शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार आएसँगै राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए।

उनले अहिले शोधानान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घट्न लागेको बताए। उनले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गरे। गभर्नर अधिकारीले अहिले निक्षेप र आधारदर घटेको बताए। उनले बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था सुधार हुँदै आएको बताए।

उनले भने,‘‘नेपाल सरकार र राष्ट्र बैंकले लिएका नीतिले गर्दा गत असोजबाट शोधानान्तर वचत भएर विदेशी मुद्राको सञ्चितिमा सुधार हुन थाल्यो। शोधानान्तर स्थितिमा आएको सुधारसँगै सरकारले केही वस्तुमा लगाएको आयात प्रतिबन्ध हटाएको छ। राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिनको व्यवस्था हटाएको छ। शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा आएको निरन्तर सुधारका कारण बैंकिङ प्रणालीको तरलता स्थितिमा सुधार आएको छ भने बैंकको ब्याजदरमा परेको दबाब कम हुन थालेको छ। बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउन थालेका छन्। चालु आर्थिक वर्षका आर्थिक वृद्धिदर औसत स्थरमा रहने देखिन्छ। पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको छ। आयातमा कमी आउँदा आवमा सरकारको राजश्व संकलन भने गत वर्षको भन्दा घटेको अवस्था छ। कमजोर राजश्व परिचालन बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको छ। बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेको अवस्था छ।’’

त्यस्तै, पूर्वगभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको संख्या घटे पनि जोखिम बढ्नसक्ने बताए। उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरीवेक्षण नगरे जोखिम बढ्नसक्ने उल्लेख गरे। उनले कोरोनापछि राष्ट्र बैंकले उदार नीति जारी गरेका कारण अर्थतन्त्र कोल्याप्स हुनबाट जोगिएको बताए । उनले राष्ट्र बैंक पूर्ण स्वायत्त भएको हुँदा अर्थतन्त्रमा परेको समस्यामा समाधान भएको बताए। उनले राष्ट्र बैंकले लिने मौद्रिक नीति माध्येमार्गी हुन जरुरी रहेको बताए।

त्यस्तै, डेपुटी गभर्नर डा.निलम ढुंगाना तिमिल्सिनाले राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको बताए। उनले व्यापार चक्रमा कहिले तेज र कहिले सुस्त हुने बताउँदै सबैलाई संयमित भएर काम गर्न आग्रह गरे। उनले नितिगत व्यवस्था कटौती गरेर कोरोना कालमा अर्थतन्त्र चलायमान गरेको दाबी गरे।

ताजा अपडेट

खोजी गर्नुहोस