सगरमाथा आधार शिविरमै सरकारी सम्पर्क कार्यालयको स्थापना

Post Thumbnail

बैशाख १५,काठमाडौँ । पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो ।

यसअघि खटाइएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगी घरमै बसेर भत्ता खाने, आरोहीले नक्कली फोटो तथा कागजपत्र तयार पारेर आरोहण पूरा गरेको दाबी गर्ने गरेपछि सम्पर्क कार्यालय नै स्थापना गर्नुपरेको पर्यटन विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस