आईपीएल क्रिकेट: चेन्नईलाई ३२ रनले हराउँदै राजस्थान शीर्षस्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० बैशाख १५, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १५,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सलाई ३२ रनले हराउँदै राजस्थान रोयल्स अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । राजस्थानको घरेलु मैदान जयपुरमा गएराति भएको खेलमा चेन्नई पराजित भयो ।

राजस्थानले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । चेन्नईका शिवम् दुवेले सर्वाधिक ५२ रन जोडे । ऋतुराज गायकवाड ४७ रनमा आउट भए ।

राजस्थानका एडम जाम्पाले ३ तथा रविचन्द्रन अश्विनले २ र कुलदीप यादवले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । राजस्थानका यशस्वी जयसवालले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले ।

ध्रुव जुरेलले ३४ र जोस बटलरले २७ रन बनाए । चेन्नईका तुसारदेश पान्डेले २ तथा रविन्द्र जडेजा र महेश थिक्सनाले समान १र१ विकेट लिए । जितसँगै राजस्थानको आठ खेलमा १० अङ्क भएको छ । समान आठ खेलमा १० अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ।

ताजा अपडेट

खोजी गर्नुहोस