कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिए

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०८० बैशाख १५, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १५,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन् । आज शुक्रवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका हुन् ।

उनलाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एकरएक जना गरी २९ जना सांसदले विश्वासको मत दिएका छन् । ४० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २१ जनाको समर्थन आवश्यक थियो । नेकपा एमालेका नौ र राप्रपाका एक जनासहित १० जना सांसदले उनको विपक्षमा मतदान गरे ।

नेकपा एमालेको समर्थनमा गएको पुसमा मुख्यमन्त्री बनेका शर्माले प्रदेश सरकारमा रहेको एमाले बाहिरिएपछि विश्वासको मत लिनुपरेको हो । पहिलोपल्ट एमाले र राप्रपासहितको विश्वासको मत लिनुभएका शर्माले राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस