फिल्म ‘जारी’को घरेलु बक्स अफिसमा १३ करोड कमाइ

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० बैशाख १५, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १५,काठमाडौँ । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा दुई अंकको कमाइ गरेको छ । वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दोस्रो बिहीबारसम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता रामबाबु गुरुङले जानकारी दिए ।

यस वर्ष दुई अंकको कमाइ गर्ने ‘जारी’ पहिलो फिल्म समेत बनेको छ । निर्माण कम्पनीका अनुसार फिल्मको कुल कमाइमा काठमाडौं उपत्यकाभन्दा मोफसलको हिस्सा केही बढी देखिएको छ । रिलिजदेखि नै फिल्मले पूर्वी नेपालका सहरमा आक्रामक कमाइ गरिरहेको थियो । पूर्वी सहरमा अहिले पनि अकुपेन्सी राम्रै देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस