सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १७, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १७, सिन्धुली । सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो। सो दुर्घटना पछि एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाई रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस