राष्ट्रपति रामचन्द्र पौडेल आज बेलुकी साढे ८ बजे स्वदेश फर्किने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १७, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १७,काठमाडौँ । स्वास्थ्य उपचारका लागि आएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किने भएका छन् । नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उनको उपचार हुँदै थियो ।

स्वास्थ्यमा क्रमिक सुधार भएपछि एम्स अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको हो ।

बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल र उनीसँग आएको टोली फर्किने तयारी छ । राष्ट्रपतिका छोरा चिन्तन पौडेलले स्वास्थ्यमा सुधार हुँदै गएपछि चिकित्सकहरूको सल्लाहमा फर्किने निर्णय भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस