अरुण–३ जलविधुत् आयोजनामा पहिरो खस्दा अरुण नदी थुनियो

बैशाख १७,काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–३ र ५ निर्माणाधिन अरुण–३ जलविधुत् आयोजनाको डाइभर्सन टनेल पहिरोले पुरेको छ । आज बिहान टनेलबाट बाहिर पानी निस्कने ठाउँमा पहिरो खस्दा अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विरेन्द्र गोदारले जानकारी दिए । टनेलबाट करिब २५ प्रतिशमात्र पानी बाहिर निस्किएको उनले बताए ।

अरुण नदीलाई बहाब परिवर्तन गरी चार सय २९ मिटर लामो डार्भन्सन टनेलमार्फत् अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निमार्ण गरी डाइभर्सन टनेलमार्फत् नदी बग्दै आएको थियो ।

टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको प्रहरी प्रमुख गोदारले बताए । टनेल बन्द भएपछि १८ मिटर अग्लो बाँधमा पानी जम्मा भएको छ ।

बाँधका कारण करिब २ किलो मिटर भन्दा लामो ताल बन्नेको आयोजनाले जनाएको छ । बाँध भरिएर पानी बाहिर निस्कन लागेको प्रमुख गोदारले बताए ।

पक्की बाँध भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतारा हुने देखिन्छ । पहिरो खस्ने क्रममा नरोकिएकाले खतारा बढेको स्थानीय हित कार्कीले बताए ।

संम्बन्धित समचार

Leave a Reply