स्वार्थी र अज्ञानीले राजतन्त्र मान्ने गरेको अध्यक्ष ओलीको टिप्पणी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १७, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख १७,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधरप्रति आक्रोश पोखेका छन्। अखिल नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थी र अज्ञानीले राजतन्त्र मान्ने गरेको टिप्पणी गरेका हुन्।

‘राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले। कि मुर्खले मान्छ कि अज्ञानीले,’ ओलीले भने, ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन्।’

उनले दलालहरूले पनि राजतन्त्र मान्ने गरेको आरोप लगाए। ‘दलालहरू र बुद्धि नभएकाहरूले पनि राजतन्त्र मान्छन्,’ ओलीले भने।

केही दिनअघि ओलीले हिमानी शाहको फेक ट्वीटर ह्यान्डलमा उल्लेख गरेका विषयबस्तुप्रति पनि कटाक्ष गरेका थिए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ुछोराबुहारीलाई ठिक ठाउँमा राख्नु पनि आग्रह गरेका थिए।

ओलीको उक्त अभिव्यक्तिपछि पूर्वराजा शाहको सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वयुवराज्ञी हिमानीले ट्वीटर नचलाउने प्रष्टाएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस