गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने

बैशाख १७,काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छन् । आगामी बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी रहेको सरकारको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उनले आइतबार संविधानको धारा १८३ को उपधारा १बमोजिम अधिवेशनको आह्रवान गरेका हुन् । वैशाख ९ मा एक दिनमात्र बसेपछि प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply