महावीर पुन र सरकारबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १८, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १८, काठमाडौँ । सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएको छ । शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सोमबार सातबुँदे सहमति भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस