लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १९, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १९, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकबाट नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

वैशाख १४ गते ८ दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरी नेतृत्व सरकारमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्म चौधरी र जनता समाजवादीका सन्तोष पान्डे बिना विभागीय मन्त्री बनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस