प्रेसले आफूलाई स्वतन्त्र बनाएको दिन मानव जगतको लागि सुनौलो दिन हुन्छ : पूर्ण बस्नेत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० बैशाख २१, बिहिबार (१ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail
वैशाख २१, काठमाण्डौँ ।  जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले प्रेसले आफूलाई स्वतन्त्र बनाएको दिन मानव जगतको सुनौलो दिन हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना दिदै उनले उक्त कुरा बताएका हुन् ।
हरेक विचार, प्रणाली, प्रवृत्ति र संरचनामाथि प्रेसले प्रश्न तेस्र्याउँछ । केही प्रश्नहरु अनावश्यक हुन सक्छन् । कति प्रश्नहरु अप्रसांगिक हुन सक्छन् । यद्यपी प्रेसले प्रश्न गर्न कहिल्यै छोड्न हुँदैन, बस्नेतले भनेका छन् ।
‘मुलुकमा फरकफरक राजनीतिक प्रणाली, आर्थिक व्यवस्था हुन सक्छ । आफ्नै खालको सामाजिक, साँस्कृतिक मूल्य र मान्यता हुन सक्छ । तर प्रेसको मामलामा यो स्वतन्त्र छ कि छैन भन्ने प्रश्न निक्कै महत्वको छ,’ बस्नेतले लेखेका छन् ।
मुलुकमा निष्पक्ष, निर्भीक र जागरुक प्रेस छ कि छैन भन्ने कुरा त्यो मुलुकमा प्राकृतिक श्रोत साधन छ कि छैन भन्ने भन्दा कैयौँ गुना महत्वको विषय भएको बस्नेतले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस