धादिङ, नुवाकोट,काठमाडौंसहित देशभर बर्षा, मौसममा कहिले आउँछ सुधार ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २१, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौँ । अहिले देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पछिल्लो एक हप्तादेखि नै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विहीबार पनि विहानैदेखि काठमाडौंमा हल्का पानी परिरहेको छ । तर आजदेखि मौसममा केही सुधार आउने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसार हिजोको भन्दा आज र आजभन्दा भोलि क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ । तर, मौसम पूरै सफा हुन भने समय लाग्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस