६ घन्टाभन्दा कम सुत्नुहुन्छ ? यस्तो हुन्छ है खतरा

Post Thumbnail

माघ ५, काठमाडौं । एक अध्ययनले राती ६ घन्टाभन्दा कम निदाउनु हानिकारक हुने देखाएको छ।

सातदेखि आठ घन्टा निदाउने व्यक्तिको दाँजोमा ६ घन्टाभन्दा कम सुत्नेमा मुटुसम्बन्धी रोगको खतरा बढी हुने एक अध्ययनले देखाएको हो।

अध्ययन अमेरिकन कलेज अफ कार्डियोलजीमा प्रकाशित छ।

अध्ययनअनुसार राम्रो निन्द्रा नलिँदा एथिरोस्क्लेरोसिस रोगको खतरा वढ्छ। यो रोगमा शरीरको नशामा प्लाक जमेर कडा र साँधुरो हुन्छ। जसले रगतको प्रवाह कम गर्छ।

अध्यनले के कुरामा जोड दिन्छ भने मुटु रोगबाट जोगिन पर्याप्त निन्द्रा लिनुपर्छ।

ताजा अपडेट

खोजी गर्नुहोस