प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २३, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ।

प्रचण्डले यसअघि नै दोहोर्‍याएर विश्वासको मत लिएकामा रास्वपाले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले अब फेरि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने देखिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस