माघ ५, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण बिहेपछि काममा निकै सक्रिय देखिएकी छिन् । पहिला अफेयर र फिल्मका कारण समाचारमा छाइरहने गरेकी उनको स्टाइल र फेसन सेन्सको पनि बलिउडमा राम्रै चर्चा हुने गरेको छ ।
उनले हालै सोसियल मिडियामा आफ्ना केही फोटा अपलोड गरिन्, जसमा उनी निकै ब्युटी एन्ड हट देखिएकी छिन् । पिंक र अरेन्ज कलरका ड्रेसमा रहेकी दीपिकाका ती तस्बिरले सबैको ध्यान तानिरहेको छ । उनले आफ्ना ती तस्बिरका साथमा ‘एनी थिङ पोसिबल विथ सनसाइन एन्ड इरा..अ लट अफ पिंक’ लेखेकी छिन् ।
अब छिट्टै नै मेघना गुलजारको छपाक फिल्ममा अभिनय गर्ने तयारीमा रहेकी उनी अभिनेत्रीका साथै यो फिल्मकी एक निमात्री पनि हुन् । एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनमा आधरित हुने यो फिल्ममा दीपिका लक्ष्मीको भूमिकामा हुनेछिन् ।