चट्याङ लागेर दार्चुलामा एकको मृत्यु, दुई घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २६, मंगलबार (१२ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख २६, दार्चुला । दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

सोमबार साँझ साढे ६ बजेतिर चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् । मीना र मृतक नरेश आमा छोरा हुन् । खेतमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो। चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम उनीहरूलाई चट्याङ लागेको बताइएको छ । मीना र कुमारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र दुवै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस