प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २७, बुधबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २७, काठमाडौँ । आज प्रि-बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची छ । गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

प्रि(बजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदहरुले उठाएका सवालको जबाफहरू भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा प्रि(बजेटका बारेमा सदनमा छलफल भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस