नक्कली भुटानी शरणार्थीमा अमेरिकी चासो बढ्यो, के अब नक्कली भुटानी शरणार्थीहरु फर्कन्छन् ?

वैशाख २७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई गैरकानुनी रुपमा अमेरिका पठाउने षड्यन्त्रको खुलासा भएसँगै अमेरिकाले आफैं अनुसन्धान गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरे ।

अमेरिकी विदेश मन्त्रालयको दक्षिण एसिया मामिला हेर्ने विभागका ती उच्च अधिकारीले प्रचण्डलाई फोन गरेर नक्कली शरणार्थी बनेर अमेरिका जानेहरुको छानबिन गर्ने विषयमा चासो देखाएका थिए ।

स्रोतले भन्यो ‘ती उच्च अधिकारीले प्रचण्डलाई फोन गरेर यसअघि नै नक्कली शरणर्थी बनेर अमेरिका आइसकेका नेपालीहरुको छानबिन तपाइँले गर्नुहुन्छ वा हामीले गर्ने ? भनेर सोधेका थिए।’

यो मामिलाको खुलासा भएसँगै यसअघि पनि नेपालीहरु नक्कली शरणार्थी बनेर अमेरिका पुगिसकेको कुरामा अमेरिका विश्वस्त देखिएको स्रोतले बतायो।
अहिले भएको यो खुलासा नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने षड्यन्त्रको दोस्रो वा तेस्रो चरण भएको अमेरिकाको विश्वास छ ।

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले अमेरिकाको तर्फबाट फोन नआएको बताए । विदेशी कूटनीतिज्ञले यसरी सम्पर्क गर्दा परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने प्रोटोकल भएको र यसरी कुनै पनि अनुरोध नआएको उनले बताए । गएका नक्कली शरणार्थीहरुलाई के गर्ने भन्ने बिषयमा अमेरिकाले कुनै जानकारी खुलासा गरेको छैन ।

संम्बन्धित समचार

Leave a Reply