सर्लाहीमा आगलागी हुँदा चार घर जले, १८ लाखकाे क्षति

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७५ माघ ६, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ६, सर्लाही । सर्लाहीको बलरामा आगलागी हुँदा चार घर जलेका छन्। आगलागीबाट १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बलरा–८ का ईशा महमदको घरबाट सुरु भएको आगोले स्थानीय सलिम लहेरी, मजुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट पोल्ट्री फर्म, खाद्यान्न, लत्ताकपडा जलेको छ। सम्पूर्ण जायजेथा आगोले नष्ट भएपछि पीडित परिवारको विचल्ली भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस