‘ए’ डिभिजन लिग: चर्च ब्वाइज युनाइटेड क्लब शीर्ष स्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० बैशाख २७, बुधबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २७,काठमाडौँ । चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

एन्फा कम्लेक्समा आज बुधवार भएको खेलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्र क्लबलाई २–१ गोलले हरायो । चर्च ब्वाइजका लागि अञ्जन विष्टले एक गोल गरे । त्यस्तै अर्को गोल आत्मघाती भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले एक गोल फर्काए ।

यो जितसँगै चर्च ब्वाइज ३० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्र २४ अङ्कका साथ चौथो स्थानमा कायमै छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मीलाई ३–० गोलले हरायो । एपीएफका लागि आवास लामिछाने, नवीन लामा र अर्मान्ड बेडमले १र१ गोल गरे ।

जितपछि एपीएफ २२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा पुगेको छ । २१ अङ्क रहेको आर्मी सातौँ स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस