परराष्ट्रमन्त्री एनपी साउद आज बंगलादेश जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० बैशाख २८, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २८,काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जाँदै छन् । बुधबार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउद उक्त सम्मेलनमा भाग लिनका लागि बिहीबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन् ।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो ।

भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन । उक्त सम्मेलन शनिबारसम्म जारी रहनेछ ।

चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उनी बेलायत गएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस