सन्राइज बैंकको अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसंग सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० बैशाख २८, बिहिबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २८,काठमाडौँ । सन्राइज बैंकले आफ्ना ग्राहकरुलाई नयाँ र समय सापेक्षीत सेवाहरुलाई प्रदान गर्दै आएको छ । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथाविभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसंग सम्झौता गरेको छ ।

सन्राइज बैंक लिमिटेड तथाअरोगिन हेल्थकेयर बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदानगर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड, क्यू आरवा मोवाइल बैँकिङमार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ । सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस