बङ्गालको खाडीमा विकसित चक्रवातको असर नेपालमा खासै पर्दैन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २९, शुक्रबार (११ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २९,काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवातको असर नेपालमा खासै नपर्ने मौसमविद्ले बताएका छन् ।

बङ्गालको खाडीमा बनेको ‘मोखा’ नामक चक्रवातको बहाव आजदेखि म्यानमार र बङ्लादेशतर्फ सरेकाले नेपालमा खासै असर नपर्ने मौसमविद् गोविन्द झाले जानकारी दिए ।

उनका अनुसार यो प्रणाली उत्तरपश्चिम हुँदै आइरहेको भए नेपालमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहन्थ्यो । तर आजदेखि उत्तर पूर्वी क्षेत्र हुँदै बहिरहेकाले नेपालमा खासै असर पर्ने देखिएको छैन । यो प्रणालीका कारण मधेस र कोशी प्रदेशका केही ठाउँमा भने आंशिक रुपमा मौसम बदली हुने सम्भावना छ ।

पर्सि आइतवारदेखि यो प्रणाली हट्ने अनुमान छ । यस्तै, आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुको प्रभावका कारण बेलुकीपख भने पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस