गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

बैशाख २९,पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण आजै खुवाउने तयारी गरिएको गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहे पनि जीतप्रकाश आले मन्त्री बनेका हुन्।

गएको वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । १५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री नियुक्त भएका थिए । अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्रीसहित सात सदस्यीय बनेको छ ।

संम्बन्धित समचार

Leave a Reply