एमाले केन्द्रीय कमिटी बैठक: २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि भावी योजना ल्याउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २९, शुक्रबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २९,काठमाडौँ । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि भावी योजना तथा पार्टी परिचलानका कार्यक्रम ल्याउने भएको छ । शुक्रबार जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ वटा समूहले दिने सुझावका आधारमा त्यस्ता कार्यक्रम सार्वजनिक गर्न लागेको जानकारी दिए । ‘केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत ८ समूहमा विभाजित गरेर भएको छलफलमा आआफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती सुझावका आधारमा बार्षिक कार्ययोजना बन्नेछ’, रिजालको भनाइ छ । दोस्रो दिनको बैठकमा आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश गरेका थिए ।

प्रचार विभाग उपप्रमुख रिजालले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिमा रुपान्तरण गर्ने गरि सिंगो पार्टी परिचालन गर्नेगरी कार्ययोजना बनाइने गरी छलफल भइरहेको बताए । शुक्रबारको बैठकमा गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गरेपछि सवै प्रतिवेदनमा शनिबार समूहगत छलफल भएको हो ।

एमाले केन्द्रीय कमिटी बैठक बिहीबारबाट सुरु भएको हो । बैठक शनिबार सकिँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस