जसपाको विधान अधिवेशन प्रतिनिधि ७७८ हुने

वैशाख ३०, काठमाण्डौँ ।  जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको होे । २ वा २ भन्दा बढि प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको सङ्ख्या तोकिएको छ । मातहत समिति र संगठनहरुलाई जेष्ठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाले शुक्रबार परिपत्र जारी गरेको छ ।
अधिवेशनमा प्रतिनिधित्व गर्ने सङ्ख्या निम्नानुसार तय भएको छ ।

केन्द्रीय समिति ४२३ जना, ७ प्रदेश समितिबाट ४९ जना, १० वटा राष्ट्रिय समितिबाट ५० जना, ३ वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट १३५ जना, ५ वटा महानगरपालिकाबाट ५ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
ट्रेड युनियन महासंघ, विद्यार्थी, युवा,  महिला, कानून व्यवसायीबाट २/२ जना प्रतिनिधि हुने छन् । बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासंघ, किसान महासंघ, आदिवासी जनजाति महासंघ, खेलकुद महासघ, साँस्कृतिक महासंघ, पिछडा वर्ग महासंघ, शिल्पी दलित महासंघ, थारु संघ, मुस्लिम संघ, सुकुम्वासी संघ, प्रेस युनियनबाट १/१ जना प्रतिनिधि हुने छन् ।
बैठकले मधेस प्रदेश समितिलाई, प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुलाई थप प्रतिनिधिको व्यवस्था गरेको छ । जस अनुसार मधेस प्रदेश समितिलाई ५ जना, प्रदेश १ का धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट ४/४ जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट ५/५ जना थप प्रतिनिधि रहने छन् । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई ४/४ जना थप प्रतिनिधिको व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने छ ।

संम्बन्धित समचार

Leave a Reply