टी-२० विश्वकपको एसिया क्षेत्र छनोट खेल नेपालमा हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० बैशाख ३०, शनिबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

वैशख ३०, काठमाडौँ । टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको हो । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्ने छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस