ए डिभिजन लिग: मच्छिन्द्रले खुमलटारलाई ३–० गोलले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० जेष्ठ १, सोमबार (११ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १,काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले पुछारको एफसी खुमलटारलाई हराएको छ ।

आज सोमवार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ३–० गोलले हरायो । मच्छिन्द्रका ओलावाले अफिजले दुई र आन्द्रेस नियाले एक गोल गरे ।

जितसँगै मच्छिन्द्र ३० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा यथावत् छ । खुमलटार १७ अङ्कसहित पुछारमा छ ।

यस्तै दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । हिमालयन शेर्पाका म्यानुयोल नाना र सङ्कटाका आयुष घलानले गोल गरे ।

हिमालयन शेर्पा २२ अङ्कसहित तालिकाको नवौँ र सङ्कटा २१ अङ्कसहित ११ औँ स्थानमा छ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशन जोनमा परेर ुबीु डिभिजनमा घटुवा हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस