‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा राधा

काठमाडौं । केही समययता नेपाली चलचित्रहरूले अन्तर्राष्ट्रिय महोत्सवमा आफूलाई अब्बल सावित गरिरहेका छन् । सहभागिताको हिसाबले नेपालका चलचित्र धेरै महोत्सवमा प्रदर्शन हुने गरेका छन् । ‘कालोपोथी’, ‘सेतो सूर्य’ पश्चात धेरै चलचित्र ती महोत्सवमा पुगेर केहीले आफूलाई अब्बल प्रमाणित गर्दै पुरस्कृतसमेत भए ।

पछिल्लो समय २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘द सेक्रेट्स अफ राधा’ विभिन्न महोत्सवमा सहभागी भइरहेको छ । सुवर्ण थापा निर्देशित यो चलचित्र फ्रान्सको कान्स सहरमा हुने ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मनोनयनमा परेको छ । निर्देशक थापाका अनुसार यो लेखन, निर्देशन, अभिनय तथा छायाङ्कनसहित सात विधामा मनोनयनमा परेको छ । “चलचित्रमार्फत हाम्रो काम र निर्माणलाई विश्व मञ्चमा प्रस्तुत गर्दा हामीलाई बुझ्न मद्दत पुग्ने छ । यो सहभागिता वा छनोट हाम्रो लागि खुशीको कुरा हो”, उनले भने ।

संम्बन्धित समचार

Leave a Reply