नेपालमा उत्पादित पहिलो यात्री मोटरसाईकल यातायात कार्यालयमा दर्ता

जेठ २, काठमाडौँ । नेपालमा बनेको यात्री विद्युतीय मोटरसाइकल यातायात व्यवस्था कार्यालयमा दर्ता भएको छ । आयातित सवारी साधन मात्र दर्ता हुने कानुन रहेकोमा सरकारले स्वदेशमा उत्पादित साधनलाई समेत दर्ता गर्न मिल्नेगरी संशोधन गरेपछि यात्री मोटरसाइकल दर्ता भएको हो ।

यात्री मोटरसाइकल नेपालमा उत्पादन भएर दर्ता हुने पहिलो सवारी साधन समेत बनेको छ । गएको वर्षको मे १५ तारिखमा यात्रीले ग्राहकलाई पीवन मोटरसाइकल डेलिभर गरेपनि यातायात कार्यालयमा दर्ता हुन सकेको थिएन । यात्रुलाई डेलिभर गरेको एक वर्षपछि बल्ल यात्री मोटरसाइकलको ब्लुबुक बनेर यातायात कार्यालयमा दर्ता भएको हो ।

यातायात व्यवस्था कार्यालय, गुर्जुधारा मोटरसाइकलमा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

संम्बन्धित समचार

Leave a Reply