समालोचक महेश पौड्याल पुरस्कृत

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ माघ ७, सोमबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ ७, विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको ‘सुदिश निरौला साहित्यिक पुरस्कार’ यस पटक साहित्यकार तथा समालोचक महेश पौड्याललाई प्रदान गरिएको छ ।

विराटनगरमा आईतबार आयोजित एक कार्यक्रमा प्रमुख अतिथि साहित्यकार दधिराज सुबेदीले साहित्यकार पौड्याललाई उक्त पुरस्कार प्रदान गरे । कार्यक्रममा साहित्यकार भूषण ढुङ्गेलले पुरस्कृत व्यक्तित्व पौड्यालको परिचय प्रस्तुत गरेका थिए भने भेषराज पोखरेलले स्वर्गीय सुदिश निरौलाका बारेमा बोलेका थिए ।

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोकुल अधिकारी, कमल सुबेदी, मिनकुमार नवोदितलगायतले बोलेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस