आजको मौसम : देशभर मौसम बदली, मेघ गर्जनसहित बर्षाको संभावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ४, बिहिबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ४, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस