बागमती प्रदेशमा लामालाई चार मन्त्रालयको जिम्मेवारी

जेठ ४, मनहरी । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् । प्रदेश प्रमुख शर्माले सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गरेका छन् ।

बुधबार मन्त्री लामाले स्वास्थ्य मन्त्रालयमा स्वागतको क्रममा सम्पूर्ण कर्मचारीलाई एकबद्ध भई सेवा भावले काम गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्न निर्देशन दिए । निर्देशनकै क्रममा मन्त्री लामाले अहिलेको अवस्थामा राजस्व आशातितरुपमा उठ्न नसकेको कारण स्रोतको कमी भएको र समग्र विश्व नै आर्थिक सङ्कटमा परेको बताए ।

संम्बन्धित समचार

Leave a Reply